९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति भएको छ।

सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकामा क्वारेन्टिन स्थल निर्माण र व्यवस्थापन गर्न उक्त समिति गठन हुने निर्णय गरेको जानकारी गराएका हुन्।

उक्त समितिको संयोजकत्व गृह मन्त्रालयका सचिवले गर्नेछन्। जसमा स्वास्थ्य मन्त्रालयका कर्मचारीसहित स्थानीय तहका तोकिएका प्रतिनिधि समेत हुनेछ।

समितिका अन्य सदस्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तोकिएका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकाय राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरू रहने छन् । त्यस्तै क्वारेन्टिन रहने स्थलका स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि पनि समितिको सदस्य रहने मन्त्री खतिवडाले जनाए । क्वारेन्टिन व्यवस्थापन समितिको सदस्य सचिव भने गृहमन्त्रालयकै सहसचिव रहने छन् ।

समितिको कामकारबाही पनि मन्त्रिपरिषद् बैठकले तोकेको प्रवक्ता खतिवडाले बताए । उनका अनुसार समितिले तीनवटै जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा काम गर्ने, क्वारेन्टाइन स्थलको पहिचान, सञ्‍चालन र व्यवस्थापन गर्ने र क्वारेन्टिन निर्माण, मर्मत तथा अत्यावश्यक तयारी सहरी विकास तथा भवन निर्माण विभागमार्फत गर्नु पर्नेछ ।

गठित समितिले उपत्यकामा क्वारेन्टिन स्थलको पहिचान, निर्माण र सञ्चालन गर्नेछ। क्वारेन्टिन स्थलको व्यवस्थापन भने नेपाली सेनाले गर्ने भनिएको छ।

उक्त क्वारेन्टिन स्थलमा विदेशबाट उद्धार उडान मार्फत ल्याइएका व्यक्तिहरूलाई समेत राखिने छ। ती व्यक्तिहरूलाई क्वारेन्टिनमा राखे बापत भएको खर्च भने वैदेशिक कल्याणकारी कोषबाट गर्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस