८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् ।

विश्व शिक्षक दिवस-२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै उनले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यकपर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर-हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरे ।

मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट गरे ।

सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घले शिक्षण पेशा र पेशाकर्मीको काम, कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झना र समीक्षा गर्न हरेक अक्टोबर ५ मा यो दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसका अवसरमा २४ घण्टा डिजिटल र्‍यालीका रुपमा हरेक मुलुकको समय र पालोअनुसार छलफल गराइएको थियो ।

सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एशियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतीबारे मन्तव्य दिएका थिए । छलफलमा कोभिड-१९ पछि शिक्षा क्षेत्र र शिक्षक समुदायमा परेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस