६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

अ+ अ-

खोटाङ । उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ ।

वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदान गरेको हो ।

वर्षाका कारण घरमा क्षति पुगेका व्यवसायी जागिरमान विश्वकर्मा र सुधीर शाक्यलाई रु २५/२५ हजार र बोलेरो दुर्घटनामा सामान गुमाएर क्षति व्यहोरेका गयकुमार बजिमयलाई रु १० हजार सहयोग प्रदान गरिएको सङ्घका अध्यक्ष उपिनकुमार राईले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पीडित व्यवसायीलाई सङ्घले राहतवापत चेक हस्तान्तरण गरेको छ ।

वाणिज्य सङ्घको तर्फबाट यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक विपत्ति तथा दुर्घटनाको मारमा परेका व्यवसायीलाई रु एक लाख ५५ हजार राहत प्रदान गरेको सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिए ।

यसअघि बोलेरो दुर्घटना हुँदा क्षति पुगेका व्यवसायी फुर्वा शेर्पालाई रु १० हजार, आगलागीपीडित गोविन्द कटवाललाई रु २० हजार र रोशन सैँजूलाई रु २५ हजार तथा ट्रक दुर्घटना व्यहोरेका हिराकाजी खत्रीलाई रु ४० हजार राहत प्रदान गरिएको जनाइएको छ ।

वाणिज्य सङ्घले स्थापना गरेको राहत कोषमा सङ्घका पदाधिकारीले वार्षिकरूपमा जनही रु ५०० जम्मा गर्ने र पीडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस