२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनमन्त्रीद्धारा ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन गरिने

अ+ अ-

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ८ दिन गृह जिल्ला ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्य तामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ ।

यस्तै उनको फक्ताङलुङ गाउँपालिका-३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका कार्यालय टोलीका सदस्यसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री भट्टराईको मिक्वाखोला गाउँपालिकाको जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलको कार्यक्रम तय गरिएको छ ।

यस्तै मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम थुकिमामा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम उनको छ ।

मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम साँघुमा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफलको कार्यक्र तय गरिएको छ ।

यस्तै अठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम हामपाङ र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ । यही कात्तिक २७ गते ताप्लेजुङमा रहेका सबै सङ्घसंस्थासँग अन्तिरक्रिया तथा छलफल गरिने जनाइएको छ ।