२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणका काममा ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन् ।

आज हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राखे ।

ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कतिपय ठेकेदार कम्पनीहरुले समयमै काम गर्न थालिसकेको बताए ।

कोरोना सङ्क्रमण मुक्त भएपछि मुख्यमन्त्री पौडेल आज पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भएका हुन् ।

मुख्यमन्त्री पौडेलले आज हेटौंडा-४ मा प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नमूना सडक, हेटौं-७ मा भइरहेको कालोपत्रेको कार्यलगायत अनुगमन गरेको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरी विकास निर्माणको काममा सबै क्षेत्रको ध्यान पुग्नुपर्ने बताएका थिए ।

हरेक क्षेत्रले आआफ्नो दायित्व इमान्दारिताका साथ पूरा गर्ने हो भने देश विकास हुन समय नलाग्ने उनको भनाइ थियो ।