२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन : मन्त्री भट्टराई

अ+ अ-

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् ।

झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

‘आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो’, उनले भने, ‘झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौैँ ।’मन्त्री भट्टराईले भारतसँग पूर्वी सिमाना जोडिएका मेचीनगर र विर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दश जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताए ।

यसअघि नेपालगञ्ज र महोत्तरीमा शाखा विस्तार भइसकेको उनले बताए । मन्त्री भट्टराईले अब आङ्गनमै बसेर प्रदेश नं १ का जनताले होटल मेनेजमेन्ट पढेर पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सरकारले चाँडै नै विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनिवार्य गाइड राख्नुपर्ने नियम बनाउने तयारी गरिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा ठूलो जनशक्तिको आवश्यक पर्ने बताए ।

विर्तामोडस्थित अनारमुनि पब्लिक क्याम्पसमा स्थापना गरिएको शाखामा स्नातकसम्मको पठाइ हुने नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले बताए । उनले अध्यापन र तालीमबाट नाथमले नेपालमा ५४ हजार दश जनशक्तिको उत्पादन गरिएकोमध्ये ९० प्रतिशतले रोजगारीसमेत पाइसकेको जानकारी दिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले चाँडै नै विर्तामोडको चारपानेस्थित वीर अमरसिंह माविको डेढ बिघा जग्गा लिएर नाथमको भवन बनाउने तयारी भइरहेको जानकारी दिए ।