२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन् ।

पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरी सच्याउन पत्रकारिताको माध्यमबाट सञ्चारमाध्यमले सघाउने विश्वास व्यक्त गरे । प्रदेशका सञ्चारमाध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चारमाध्यम अहिले सङ्कटको अवस्थामा रहेको प्रतिकूल समयमा अनुकूलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अनुभवी पत्रकारको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीवासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगोरुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गङ्गाधर पराजुलीले एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ ।

विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीको रोजगारी गुमेपछि पोखराका अनुभवी तथा युवा उद्यमीसँगको सहकार्यमा सञ्चालनमा आएको प्रालिले एफएम रेडियो, अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याइसकेको छ ।

चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याइने प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए । ‘सधैँ सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम एक हजार वाट क्षमताको रहेको र ९३ मेगाहर्जमा सुनिने र एफएम आवाजविहीनको आवाज बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।