काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाषिक शुद्धता कायम गर्नका लागि अन्य विभिन्न मन्त्रालय र शाखाहरूलाई परिपत्र गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयबाट हुने पत्राचार, अन्य मन्त्रालय वा निकायका लागिसमेत सिकाइको विषय हुने भएकाले शाखाहरूबाट गरिने महत्त्वपूर्ण निर्णय र परिपत्रहरू मन्त्रालयको वेभ साइटमा राख्दा भाषिक शुद्धतालाई विशेष ध्यान दिनसमेत परिपत्रमार्फत अनुरोध गरिएको छ ।
साथै भाषिक शुद्धताको जाँच गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित “नेपाली वृहत् शब्दकोश” प्रयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।








