काठमाडौँ । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सुरु भएको हो।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधिहरू र पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको छ।
बैठकमा राजावादीहरूले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको आह्वानमा आज ११ बजे सर्वदलीय बैठक
तस्विर : राजन काफ्ले