१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीहरुको शपथ हुँदै

अ+ अ-

काठमाडौँ । संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आजै शपथ ग्रहण हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर, महिला आयोगकी अध्यक्ष कमला पराजुलीसहितले अहिले बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग आयोग, मानवअधिकारसहित विभिन्न ८ वटा संवैधानिक निकाय र आयोगहरुमा नियुक्त गर्ने सिफारिश गरेको थियो । परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी परिषद्को बैठकलेसिफारिस गरेको थियो ।

पुस ५ गते नै प्रतिनिधिसभा बिघटन गरेकोले नियुक्त व्यक्तिहरुको हकमा संसदीय सुनुवाइ भएन । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही व्यवस्था अनुशार आज(वुधवार) ४६औँ दिनमा नियुक्ती दिईदैछ ।

संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका तीन गरी १५ सदस्य रहेका थिए। समितिको कार्यकाल प्रतिनिधिसभाको अवधिभरका लागि हुने नियमावलीमा उल्लेख छ।

संसद् विघटन हुनुअगावै अध्यादेशमार्फत् संवैधानिक परिषद्को कोरम परिवर्तन गरी गरिएको संवैधानिक नियुक्तिको सिफारिसलाई विशेष महत्व र चाँसोका साथ हेरिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदनमाथि सुनुवाइ सुरु हुन सकिरहेको छैन ।

सभामुख अग्नि प्रसाद सापकोटाले निर्णय प्रक्रियामा असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति फिर्ता पठाएका थिए ।

कुन आयोगमा कसको नाम सिफारिस ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख आयुक्त
पूर्व गृहसचिव प्रेमकुमार राई

आयुक्त
जयबहादुर चन्द
किशोरकुमार सिलवाल

निर्वाचन आयोग

आयुक्त
अधिवक्ता रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष
सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर

सदस्य
मनोज दुवाडी
सूर्य ढुङ्गेल
लिली बस्नेत
मिहिर ठाकुर

वित्त आयोग
सदस्य
जुद्धबहादुर गुरुङ
अमरबहादुर मिश्र

महिला आयोग
अध्यक्ष
कमला पराजुली

सदस्य
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष
देवराज विक

सदस्य
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

मधेशी आयोग

सदस्य
जिवछ शाह
रेणुदेवी शाह
विजय गुप्ता

आदिवासी जनजाति आयोग

अध्यक्ष
रामबहादुर थापा

सदस्य
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

समावेशी आयोग

अध्यक्ष
मनप्रसाद खत्री

सदस्य
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान

थारू आयोग

सदस्य
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह चौधरी
भोलाराम थारू

मुस्लिम आयोग

सदस्य
महमुद्दिम अली
मिर्जा अर्सद बेग

प्रतिक्रिया दिनुहोस