काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका छन् ।
सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव राखेको एक नेताले बताए ।
‘प्रधानमन्त्री जीले भेटौँ, कुरा गरौँ भन्ने प्रस्ताव गर्नुभएछ, प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौँला तर अहिले म बैठकमा छु भन्नुभएछ,’ ती नेताले भने, जवाफमा ओलीले बिहान बेलुका समय मिलाएर भेटौँ भन्नु भएछ’
गत पुस १५ गते ओलीले दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न ओलीले फोन गरेका थिए । त्यसयता दुइजनाबीच संवाद बन्द छ ।







