२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा ५ सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

अ+ अ-

तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले बिहिबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । जनगणना अधिकारी नन्दलाल सापकोटाले स्थानीय तहका जनशक्तिलाई प्राथमिकता दिएर गणक र सुपरीवेक्षकलाई करारमा राख्ने योजना रहेको बताए ।

उनले भने, ‘आगामी १० वर्षलाई नेतृत्व गर्ने भएकाले सही सूचना सङ्कलनमा जोड दिइएको छ ।’ समावेशी सहभागिताका लागि महिला र पुरुष दुवैलाई स्थान दिइएको छ । महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगेर घर तथा घरपरिवारका् विवरण लिइन्छ । पुरुष, महिला र अन्य लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिने छ ।

दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण फाराम ०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली ०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था रहेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस कार्यलाई सफल बनाउनका लागि सबै निकायबाट अनुगमन तथा खबरदारी गर्नुपर्नेमा जोड दिए ।