काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव मुकुन्द प्रसाद पौड्याललाई सचिवमा बढुवा गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
केही दिन अघि गठित सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव पौड्यालसहित तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस
पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् ।
सम्बन्धित समाचार : बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, सचिवमा बढुवा हुनसक्ने
चैत २ गते सचिव विष्णु प्रसाद नेपालले गण्डकी प्रदेश प्रमुख सचिवबाट अवकाश पाएसँगै एक सचिवको पद रिक्त रहेको थियो ।







