२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमौली खानेपानीको अध्यक्षमा श्रेष्ठ सर्वसम्वत चयन

अ+ अ-

तनहुँ । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा वृषराज श्रेष्ठ नेतृत्व सर्वसम्वत चयन भएका छन् ।

शुक्रबारदेखि शुरु भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो अधिवेशन तथा दशौँ साधारणसभाले ७१ वर्षीय श्रेष्ठलाई सर्वसम्वत चयन गरेको हो । त्यसैगरी खुला महिलातर्फ योगिता कायस्थ, गौकुमारी न्यौपाने, विन्दु गुरुङ र सूर्यकला काफ्ले चयन भएका छन् ।

त्यसैगरी पुरुष खुल्लातर्फ माधवप्रसाद अधिकारी, विश्वेश्वर सुवेदी, दीर्घ बहादुर थापा क्षेत्री, जगतबहादुर बानियाँ, चिरौकाजी बतास, ओमबहादुर थापा र इन्द्रध्वज गुरुङ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठले आफ्नै पानी उद्योग सञ्चालन गर्दै आएका छन् ।

निर्वाचनको तयारी गरिए पनि सबै पदका लागि सर्बसम्वत चयन भएको निर्वाचन संयोजक अमृतबहादुर नेपालीले जानकारी दिए । खुला र महिलातर्फ गरी ११ सदस्य समितिले तीन जना मनोनित गरेर बनेको १४ सदस्यीय समितिले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी मुख्य पदका पदाधिकारीलाई चयन गर्नेछ ।

व्यासनगरपालिकाको वडा नं २, ३ र ४ का गरी करिब तीन हजार ५०० पानीका धारा जडान गरिएको छ भने सदस्यता दुई हजार ५०० ले नवीकरण गरेका छन् ।