१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

अ+ अ-

बलेवा । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।

विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।

मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए।

व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए । लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ । विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ ।

लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ ।