२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई सांसद पौडेलको आग्रहः यो संसदलाई सक्रिय बनाउनुस्

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले फेरि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेता पौडेलले प्रतिनिधिसभाको विशेष समयमा भने,–‘आफ्नै घर सम्हाल्न नसक्ने, जनताको बीचमा दुई तिहाइ प्राप्त गरेको दललाई व्यवस्थापन गर्न गर्न नसक्ने, जनताले लडेर लिएर आएको संविधान र प्रतिनिधिसभाको संरक्षण गर्न नसकेर विघटन गर्ने, दलहरुलाई बोलाएर फेरि विघटनको प्रस्ताव गर्ने यस्तो प्रकारको तरिकाले देशको राजनीति संग्लिन्छ ?’

नेता पौडेलले प्रधानमन्त्रीलाई संसदलाई प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरे। उनले भने,–‘यो संसदलाई सक्रिय बनाउनुस् । सांसदहरुको समस्या हो भने, राजनीतिक दलहरुको समस्या हो भने राजनीतिक दलहरुसँग छलफल गरेर यो सदनलाई जनताको प्रतिनिधिको हैसियतमा जनताका समस्याहरु, राष्ट्रका समस्याहरु अभिव्यक्ति हुने थलोको रुपमा सक्रिय बनाउन म अनुरोध गर्न चाहन्छु ।’

एक पटक ब्युँतिएको प्रतिनिधिसभालाई फेरि विघटन गर्नको निम्ति सरकारले बिजनेस नदिएको उनले बताएका छन् । उनले अगाडि भने,‘सरकारले हिजो गरेका निर्णयहरुलाई वर्तमानमा पुष्टी गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निश्क्रिय पार्ने काम कतैबाट नहोस् ।’

अहिलेको राजनीतिबाट युवाहरुमा वितृष्णा फैलिएकोसमेत सांसद पौडेलले बताए । यसको जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनको भनाई छ । पौडेलले भने,–‘देशको राजनीति भुत्ते बनेको छ। राजनीतिप्रति युवाहरुको आकर्षण घटेर गएको छ । जो जससँग जसको निम्ति पनि सत्ता स्वार्थको निम्ति मिल्ने गम्भीर प्रकारका अराजनीतिक संस्कार र संस्कृति बढेर गएका छन् । यसको जिम्मा कस्ले लिने ? सरकारले यसको जिम्मा लिनुपर्छ की पर्दैन ?’

विभिन्न पार्टीका नेताहरुको भनाइलाई सम्मानजनक रुपमा ग्रहण गर्दै विकास र समृद्धिको बाटोमा सबैलाई लिएर जाने संकार र संकृतिको आवश्यक रहेको भन्दै पौडेलले भने,‘यसको सम्बोधन प्रधानमन्त्रीले गर्नुपर्छ की पर्दैन ? म उहाँलाई अनुरोध गर्न चाहन्छु ।’