२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले हिजाे बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए ।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।’उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरेको बताए । मुख्यमन्त्री गुरुङले भने,‘समृद्धिका लागि जग बसालेका छौँ । थप नतिजा छिट्टै देखिन्छ ।’ उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले भने, ‘रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पुर्याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ’, उनले भने।

मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर–१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार, उदिपुर–डिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरेका थिए । तीनवटै आयोजनाको उद्घाटनपछि संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

बेँसीशहर नगरपालिकाले करीब २२ लाखमा डुम्रे–बेँसीशहर सडक खण्डको उदिपुरमा प्रवेशद्वार निर्माण गरेको हो । त्यस्तै ६२३ घरधुरी लाभन्वित हुनेगरी निर्माण सम्पन्न भएको उदीपुर–डिही खानेपानी रु दुई करोड ९८ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । त्यसैगरी जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन रु ६८ लाख ३२ हजार ९९१ मा राष्ट्रिय प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले निर्माण गरेको हो ।