२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

अ+ अ-

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले जनाकारी दिए। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।

यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन सङ्क्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले सङ्क्रण्मितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताए। भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् ।