२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्निपीडितलाई तत्काल राहत दिन्छौँ : मुख्यमन्त्री राई

अ+ अ-

ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उनले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको बताएका हुन् ।

‘आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजङ्गलमा लागेको आगो विस्तारै नियन्त्रणमा आएपनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ’ उनले भने, ‘आगोबाट छाना, खाना र नाना गुमाएका अग्निपीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।’

मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्राकृतिक प्रकोपका अलवा मानवीय त्रूटि, अव्यवस्थित बसोबास र कमजोर विद्युतीय उपकरण प्रयोगका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यसतर्फ सचेत हुनुपर्ने बताए । उनले विपद्बाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै सरकारबाट उपलब्ध हुने राहतले तत्कालका लागि समस्या समाधन गरे पनि स्थानीय समुदायकै साथले दीर्घकालीन संरचना निर्माणमा टेवा पुग्ने बताए । उनले भने, ‘सरकारले तत्कालका लागि राहतका कार्यक्रम ल्याएर सकेको सहयोग त गर्छ नै तर छरछिमेकीको सहयोग नै यस्तो बेला महत्वपूर्ण हुन्छ ।’

ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षसमेत रहेका लिखु–८ का गोविन्द पौडेल र उनका भाइ वडा नं ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घरमा बिहीबार राति आगलागी हुँदा रु ५० लाखभन्दा बढीको क्षति भएको थियो । वर्षात्सँगै परेको चट्याङका कारण आगलागी हुँदा ढुङ्गा, सिमेन्ट र जस्ताले बनेको दुईवटा पक्की घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष पौडलका अनुसार आगलागीका कारण घरसहित नजिकै टहरालगायत अन्य संरचना पनि केही बाँकी नरहने गरी नष्ट भएको छ । बिहीबार राति २ः१५ परेको चट्याङका कारण शुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा शुक्रबार ६ः०० बजे मात्र निभाइएको थियो । सबैको प्रयासमा नजिकै रहेको अर्को एउटा घर भने जोगाइएको छ । आगलागी भएपछि भाग्ने क्रममा गाउँपालिकाका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् । कुनै मानवीय क्षति भने भएको छैन ।

ओखलढुङ्गामा पछिल्लो एक महिनायता दैनिकजसो आगलागीका घटना भइरहेका छन् । हरेक दिन हुने आगलागीका घटनाबाट दर्जनौँ घर गोठ तथा वनजङ्गल जलेर नष्ट भएका छन् । मन्त्री गुरुङको पहलमा मुख्यमन्त्री राई अग्निपीडित गाउँपालिकाका अध्यक्षलाई भेट्न शुक्रबार साँझ ओखलढुङ्गा आएका थिए ।