७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञामा सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने

अ+ अ-

काठमाडौँ । सञ्चारकर्मीले निषेधाज्ञाको अवधिमा सम्बन्धित सञ्चार गृहकै परिचयपत्रका आधारमा पनि आवतजावत गर्न पाइने भएको छ । बिहीबारदेखि उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको हो ।

अत्यावश्यक सेवाका रूपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेमा आवागमनमा रोकटोक नगरिने भएको हो ।

निषेधाज्ञाका बेला आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीलाई सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सम्बद्ध मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा आवागमन गर्न दिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सुरक्षाकर्मीलाई मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिइएको छ । सञ्चारकर्मीलाई फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि सोमबार उपत्यकाका तीन वटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस