२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ३१ हजार बढी आइसोलेसन सेन्टर

अ+ अ-

काठमाडौँ । देशभर ३१ हजार भन्दा बढी आइसोलेसन सेन्टरहरूको व्यवस्थापन गरिएको छ। जसमध्ये एक हजार पाँच सय अक्सिजन सहितको आइसोलेसन सेन्टर रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार कोभिड सङ्क्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर चार सय ४२ अस्पतालहरू सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा रहेको जिल्ला अस्पताल र अन्य अस्पतालहरूलाई कोभिड डेडिकेटेड अस्पतालको रूपमा सञ्चालन गर्ने क्रम बढ्दै गएको र अस्पतालहरूमा सामान्य बेडहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भई १८ हजार पुगेको प्रवक्ता शर्माको भनाई छ ।

साथै, तीन हजार एचडीयू बेड, दुई हजार आई।सी।यू। बेड र सात सय भेन्टिलेटरहरूको प्रबन्ध गरी उपचार भइरहेको गृह मन्त्रालयबाट जानकारी प्राप्त भएको उनले बताए ।

नेपाल प्रहरीका अनुसार स्थानीय प्रशासनले हाल सम्म नौ हजार तीन सय ५३ अक्सिजन सिलिन्डर विभिन्न स्रोतबाट सङ्कलन गरी विभिन्न अस्पताललाई आठ हजार तीन सय ५२ अक्सिजन सिलण्डर वितरण गरेको छ । विगत २४ घण्टामा दुई सय १३ अक्सिजन सिलिन्डर सङ्कलन गरी तीन सय चार अक्सिजन सिलिन्डर वितरण गरिएको छ। विगत २४ घण्टामा पाँच हजार चार सय ९० सवारी साधनलाई होल्डिङमा राखिएको छ भने पाँच सय २१ जना निषेधाज्ञा उलङ्घन गर्नेलाई कारबाही गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले ६१ आन्तरिक उडान भरी ९३ यात्रुको उद्धार गरिएको अवस्था छ।

परराष्ट्र मन्त्रालयका अनुसार स्पेनबाट सहयोग स्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू १५ भेन्टिलेटर,१० अक्सिजन कन्सन्ट्रेटर, १ लाख ४४ हजार एन्टिजेन टेस्ट किट, एक लाख ४४ हजार एफ।एफ।पी।टु। मास्क र ६० सिलिन्डर लिई आइबेरियन एयरलाइन्सको विमान आज दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। नेपालका लागि स्पेनिस एजेन्सी फर इन्टरनेसनल डिभलपमेन्ट को अपरेसन का निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई उक्त सामान हस्तान्तरण गरेका थिए । त्यसैगरी, क्यानडामा रहेको एस्ट्राजेनेका भ्याक्सिन मध्ये नेपाललाई सहयोगका लागि परराष्ट्र मन्त्रीबाट समकक्षीलाई पत्राचार गरिएको जनाइएको छ।

यसैगरी अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रयोग हुने पाँच लाख ३७ हजार आठ सय ५५ पिस विभिन्न मेडिकल उपकरणहरू, १२ हजार पाँच सय ७४ एमटीक्यू, अक्सिजन तथा औषधिहरू पैठारी भएको जनाएको छ। गुल्मी अस्पतालमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि ५ बेडको आई।सी।यू। सञ्चालन गर्न रु। २ करोडको सीमाभित्र रही खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।