१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिच्चली

अ+ अ-

बाजुरा । बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताए ।

अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।

यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको छ । गाउँभरि डुलेर अरुसँग मागेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्ना बताए ।

कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै समस्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरि मागेर पाल्ने गरेको बाजे अर्जुनले बताए। ‘सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्’, उनले भने ।

अर्जुनको परिवारले माथिल्लो जातिको काम गरेवापतको अन्नले केही दिनलाई खान पुगे पनि अहिले भने परिवार पाल्न निकै समस्या भएको बताए । वडाध्यक्ष महतले भने, ‘आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छौँ, यिनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि समस्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।’

नगरपालिकाको महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले त्यस्ता अलपत्र परेका बालबालिकालाई यो आर्थिक वर्षमा प्रतिव्यक्ति रु एक हजार सहयोग गरेको बताए । ‘युनिसेफको सहयोगमा रु एक हजार सहयोग गरेका छौँ, बाँकी नगरपालिकामा कोष स्थापना हुन लागेको छ, त्यसपछि सहयोग गर्न सकिने छ ।’

प्रतिक्रिया दिनुहोस