२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँ चितुवामा रेडियो कलर जडान

अ+ अ-

जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरिएको छ।

अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरिएको निकुञ्जले जनाएको छ। वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलर जडान गरिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको प्राविधिक एवं आर्थिक सहयोगमा २०७६÷७७ मा दुई र यही जेठ २ गते दुईवटा हिउँचितुवामा स्याटेलाइट जिपिएस कलर जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले बताए।

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ। साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ केजी तौलको अन्दाजी सात वर्षको वयस्क भाले हिउँ चितुवाको घाँटीमा जिपिएस कलर जडान गरिएको छ।

उक्त हिउँचितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ।

त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी छ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलर जडान गरेको छ। सो हिउँचितुवाको नाम लाङ्गेन दिइएको छ।

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मङ्गोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्र्याप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ।

स्याटेलाइट कलर जडान गरिएका हिउँ चितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोफाइल तयार गर्न रगतको नमूनासमेत लिइएको छ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलर जडान गरिएका हिउँचितुवाको विचरणको अध्ययन गरिएको निकुञ्जले जनाएको छ।

हालसम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्यरूपमा आ–आफ्नो बासस्थानमा तीन हजार ६९ मिटरदेखि चार हजार ९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्जले जानकारी दिएको छ।

घाङ्ग्री घापी हिउलले सात दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेनले एक दिनमा दुई किमी दूरी पार गरेको छ। यी हिउँचितुवा एक अर्काबाट छ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताइएको छ।

उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहारलगायतका विषयमा जीपीएस कलरले १८ महिना सम्मको तथ्याङ्क दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ।

हिउँचितुवामा जडान गरिएका कलर जर्मनीको कम्पनीले निर्माण गरेको हो। हिउँचितुवामा स्याटेलाइट कलर जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरु चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

हिउँचितुवा–मानव द्वन्द्व न्युनीकरण, बासस्थान व्यवस्थान, अन्तरदेशीय सहकार्यलगायतका बारेमा समेत अध्ययन हुने बताइएको छ।

हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणका लागि मुख्य सवालहरु पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले जनाएको छ।

स्याटेलाइट कलर जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्गेनबाट प्राप्त ‘जिपिएस लोकेशन’का आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अनुगमन गरिएको छ।

यसअघि गत वर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँचितुवा (सामलिङ र जेबोरोङ) मरिसकेका छन्। कलर जडान गरेको छ महिनासम्म मात्र सम्पर्कमा रहेका सामलिङ र जेबोरोङ पछि एकाएक सम्पर्कबाहिर रहेका थिए।

सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ।