२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ककनीमा कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार किरिया खर्च दिइने

अ+ अ-

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार र सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु।२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

ककनी गापामा पछिल्लो एक साताको अवधिमा कोरोना रोगबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसगैँ रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।

गाउँपालिकाले ३१ श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौ महानगरपालिका मार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ ।