२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाका ६ सदस्यले छाडे ठाकुरको साथ

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य उपेन्द्र यादव समूहमा गएका छन्।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए। यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे। पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन्।

कार्यकारिणी समितिका ६ सदस्यले ठाकुरलाई छाडेपछि समितिमा उपेन्द्र समूह प्रष्ट बहुमतमा देखिएको छ। उपेन्द्र समूहका नेता महेन्द्रले आफूहरूसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको बताए।

उपेन्द्र समूहले ठाकुर पक्षलाई पार्टी फुटाउन ४० प्रतिशत सदस्य संख्या पुग्न नदिने रणनीति बनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ। जसपाले ५१ सदस्यीय कार्यकारिणी र ८ सय सदस्यीय केन्द्रीय समिति बनाएको छ।

८ सय सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी खेमाबाट ४ सय र महन्थ ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा खेमाबाट ४ सय राख्ने सहमति भएको छ। केन्द्रीय समितिमा अहिले तत्कालीन समाजवादीका ४ सय र तत्कालीन राजपाका ३ सय ७९ जना छन्। तत्कालीन राजपा खेमाबाट २१ जनाको नाम दिन बाँकी छ। यी दुई पार्टी मिलेर गत वर्षको वैशाखमा जसपा बनेको थियो। जसपा विधानमा कार्यकारिणी समितिलाई पार्टीको निर्णय गर्ने अधिकार दिइएको छ।