२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।

फक्ताङलुङ गाउँपालिका—७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त छन् । शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत नौ जनाको टोली कञ्चनजङ्घा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन भएको जनाइएको छ ।

त्यस्तै कञ्चनजङ्घा क्षेत्रमा नाउरको बास स्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र (ब्लक)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगत देखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए। ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरिक्षण हुँदैआएको चेम्जोङले बताए ।

संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नारउ र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरिक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए। वन्यजन्तुबाट घरपालुवा जनवाहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँने गरेको शेर्पाले बताए।

पाँच वर्ष पछि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि थालिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरु नाउर गणनामा परिचालन भएको तिवारीले बताए। ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङकन गरिएको छ । त्यसले गणनामा दोहोरीने कम सम्भावना रहेको तिवारीले बताए।

गत महिना विश्व वन्यजन्तु कोष र परिषद् बीच नाउर निरिक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए । समुन्द्र सतह देखि पाँच हजार मिटर भन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताए ।

विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउँर रहेको परिषदका सूचना अधिकारी धमेन्द्र थापाले बताए। पाँच वर्ष यता नाउँरको निरिक्षण भएपनि परिमाण आउँन नसकेको थापाले बताए। संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।