२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–खनाल पक्ष त्यागेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। आज विस्तार हुने मन्त्रिमण्डलमा गणेश कुमार पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका पहाडीले केही दिन अघि उक्त समूह त्यागेर ओली समूहमा आएका थिए।

उनी नवौँ महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। पहाडीले २०७४ मा सिन्धुलीबाट चुनाव जितेका थिए।

केपी शर्मा ओलीको तीन वर्षे कार्यकालमा पहाडीसमेत गरेर चार जना सामान्य प्रशासन मन्त्री भई सकेका छन् । पहिलो मन्त्रिपरिषद् बैठकमा लालबाबु पण्डित रहेका सामान्य प्रशासनमा पण्डितलाई हटाएर हृदयेश त्रिपाटी ल्याइए । उनको स्वास्थ्यमा सरुवा गरेर दार्चुलाका गणेश ठगुन्ना भित्र्याइए । र पछिल्लो पटक उनलाई पनि हटाएर अहिले पहाडीलाई ल्याइएको छ ।

कर्मचारी संयन्त्रको नेतृत्व गर्ने सामान्य प्रशासन महत्त्वपूर्ण मन्त्रालय मानिए पनि पछिल्लो समय मनमौजी मन्त्रीहरू नियुक्त गरिदिँदा सार्वजनिक प्रशासनको अवस्था खस्किँदो छ । यसैको उदाहरण भन्नुपर्छ तीन तीन जना मन्त्री फेरिँदा पनि सार्वजनिक प्रशासनको मूल कानुन सङ्घीय निजामती सेवा ऐन आउन सकेन र अझै आउने कुनै छाँटकाँट पनि देखिँदैन ।