९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ ।

काँग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर अतिआवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ ।

समिति संयोजक एवं काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आज विज्ञप्तिमार्फत उक्त सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई धन्यवाद दिँदै थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आगामी दिनमा आवश्यक ठाउँमा सहयोग गर्दै जाने जानकारी गराएका छन् । कोभिड–१९ सङ्क्रमणको रोकथाम, उपचार र राहत सहयोग कार्यमा काँग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समिति पनि सक्रिय छन् ।

उनले जनसम्पर्क समितिले समय–समयमा नेपालका विभिन्न जिल्लामा त्यस्तो सहयोग गर्दै आएको उल्लेख गर्दै सभापति शेरबहादुर देउवाको अनुरोधमा केन्द्रीय समितिलाई कोभिड–१९ सङ्क्रमणका स्वास्थ्य सामग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेकोसमेत अवगत गराएका छन् ।

कोरोना महामारी रोकथामका लागि सचेतना अभियानअन्तर्गत देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका काँग्रेसका संरचना, कोभिड–१९ अनुगमन जिल्ला समिति, भ्रातृ एवं शुभेच्छुक संस्था क्रियाशील रहेको डा. महतले बताए । अभियानअन्तर्गत पार्टीले मास्क र स्यानिटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकलाई सहयोग, सङ्क्रमित भई आइसोलेशनमा बसेकालाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस