२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

अ+ अ-

डोटी । गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा तालान्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ ।

गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई उक्त बजेट नदिएर अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा रु पाँच लाख बराबरको बजेट दिएको भन्दै तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिए ।

उनका अनुसार बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि तालाबन्दी गरिएको हो ।

युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने, ‘गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि रु पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही असन्तुष्ट भएकाहरूले तालाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुनासा सम्बोधन गरेर तालाबन्दी खोलिने छ ।’