९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

अ+ अ-

दाङ । जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका-४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका-५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नं ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री, सोही ठाउँका २२ वर्षीय हिराबहादुर विष्ट, घोराही उपमहानरपालिका-१९ का १९ वर्षीय जाबेद खान, प्युठान स्वर्गद्वारी नगरपालिका-३ जलुकेका २४ वर्षीय ठगिराम थाप र भारत बलरामपुर जिल्ला तुलसीपुर थाना बस्ने २२ वर्षीय मोहमद रफिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकल चोरी गरी प्यूठानमा लगेर त्यसको स्वरुप परिवर्तन गरेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको निवेदन आउन थालेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो । प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धानका क्रममा चोरी गर्ने र खरिद गर्ने गिरोहका नाइकेलाई पक्राउ गर्न सफल भएको बताइएको छ । चोरीका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस