२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपराधिक क्रियाकलापमा संलग्न चार पक्राउ

अ+ अ-

काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

वन्यजन्तुको अङ्गसहित दुई र बैङ्किङ कसुरमा संलग्न दुई गरी चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले ललितपुरको गोदावरीबाट दुई जनालाई कस्तुरीको बीनाजस्तो देखिने एक थान आखेटोपहारसहित पक्राउ गरेको आज एक विज्ञप्तिमार्फत जनाएको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा दुबै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगञ्जका उदयकुमार कोइराला रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उक्त कसुर प्रमाणित भए रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

यसैबिच उच्च अदालत पाटनको विसं २०७७ को फैसलाले १५ दिन कैद र रु ५५ लाख जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाडौँको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै उच्च अदालत पाटनको विसं २०७६ को फैसलाले सात दिन कैद र रु ५२ लाख जरिवाना तोकिएका काठमाडौँको शान्तिनगर बस्ने महेन्द्रप्रसाद मिश्रलाई पनि काठमाडौँको महाराजगन्जबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।