२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्ने छ । नेपालमा आगामी भदौमा भारतसित हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा नेपाली टोली जुटेको हो ।

बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरूको ठाउँमा शिशिर लेखि र सेसेहाङ आङ्देम्बेलाई टोलीमा सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै गोलकिपरका रूपमा विशाल सुनारलाई पनि बन्द प्रशिक्षणमा सहभागी गराइने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । आगामी अक्टोबरमा १३औँ साफ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

साफ च्याम्पियनसिप आयोजना गर्न नेपालले प्रस्ताव अघि सारेको छ । बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट र शिशिर लेखी रहेका छन् ।

यस्तै बन्द प्रशिक्षणमा आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ र विक्रम लामालाई सहभागी गराइने भएको छ ।