२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने

अ+ अ-

ललितपुर । ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ ।

प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।

सर्वेश्वर महादेवलाई विभिन्नथरिका बाजागाजासहित कुम्भेश्वर महादेव मन्दिरको परिक्रमा गराइ नजिकैको पोखरीमा राखेर उत्तरपश्चिमतर्फको गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका पुजारी माधवश्याम शर्माले बताए ।

उनले भने,’महादेव मूर्तिलाई रातभरि पोखरी भित्र खटमा राखेर आइतबार बिहान ६ बजे कुम्भेश्वर मन्दिरभित्र पुनःछिराउने छौं । चल्दै आएको नियमानुसार भोलि दिनभरि शिवजीलाई बाहिर राखिनुपर्ने थियो तर मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी पूरै दिन नराख्ने भयौँ ।’ गत वर्ष पनि यसैगरी विधिमात्र पूरा गरेकाले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने भएको पुजारी शर्माले जानकारी गराए ।

शनिबारदेखि नै मन्दिरको सुरक्षा व्यवस्था कडा पार्नुका साथै आइतबार पनि केही टोलवासी अनि समितिका मानिस र पुजारी मात्रै मन्दिरभित्र छिर्न पाउने कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । उनले भने, ‘दिनानुदिन बढेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मन्दिरको मूल ढोका बन्द रहने हुँदा कुम्भेश्वर पोखरीमा भक्तजनलाई मेला भर्न प्रवेशमा रोक लगाउने भएकाले नआउन अनुरोध गर्दछु ।’ गोसाइँकुण्डमा साउन महिनाभर मेला लाग्ने भएकाले उता जान नसक्नेले कुम्भेश्वरमा जलाभिषेक वा स्नान गरी शिवको आरधना गर्दा गोसाइँकुण्ड गएको फल प्राप्त हुने मान्यता रहेको अध्यक्ष खड्गीले जानकारी गराए ।

गौरीकुण्डको जल कुम्भेश्वर पोखरीमा भर्न बुधबार नै सफा गराएर तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष वसन्त खड्गीले जानकारी गराए । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति भएकाले कुम्भेश्वर महादेव भनिएको हो । सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सर्वेश्वरको आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीमा छ । सर्वेश्वरलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मन्दिर जीर्णोद्वार समन्वय समितिका सल्लाहकार प्रेमलाल महर्जनले बताए ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ ।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटन राजा जयस्थिति मल्लले १४ औं शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए । त्यसैगरी सो महादेव मन्दिरको काखमा रहेकी बङ्गलामुखी देवीलाई १० महाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको पुजारी शर्माले बताए ।