९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल बैङ्क र मुक्तिनाथ बैङ्कबिच व्यापार सम्झौता

अ+ अ-

काठमाडौँ। मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा नबिल बैङ्कले आधारित बैङ्किङ सुविधाहरू उपलब्ध गराउने भएको छ ।

मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले नबिल बैङ्कमार्फत ‘लेटर अफ क्रेडिट’ ‘डकुमेन्ट अगेस्ट पेमेन्ट’ र लोकल बैङ्क ग्यारेन्टीलगायत सुविधाहरू उपभोग गर्न सक्ने छन् ।

उक्त सम्झौताबाट मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले आधुनिक बैङ्किङ सुविधाहरू उपभोग गर्ने पाउनेछन्।

सम्झौतासँगै दुई बैङ्कबिच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको नबिल बैङ्कले जानकारी गराएको छ ।

बैङ्कले उक्त सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई विस्तारित बैङ्किङ सुविधा प्रदान गर्न पाउँदा खुसी लागेको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् ।

‘यस व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैङ्कको बैङ्किङ साझेदार हुन पाउँदा नबिल बैङ्क उत्साहित रहेको छ । दुवै बैङ्कका ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा–सुविधा प्रदान गर्नको लागि नबिल बैङ्क तत्पर छ’, शाहले भने ।

नबिल बैङ्कसँग भएको उक्त सम्झौतासँगै मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले आउँदा दिनहरूमा प्रतितपत्र, बैङ्क जमानत, डिमान्ड ड्राफ्टलगायत वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैङ्कका शाखाहरूबाट नै प्राप्त गर्ने सक्ने छन् ।

वैदेशिक व्यापारमा संलग्न ग्राहकहरूलाई समग्र बैङ्किङ सुविधा पुग्ने मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस