९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा पुनः एक साता निषेधाज्ञा

अ+ अ-

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण अपेक्षित रूपमा नियन्त्रण हुन नसकेको र भिडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बिचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवन रक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताए।

सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

उनका अनुसार होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भिडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्विमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस