१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर अस्पताल रेडियोलोजी विभाग : जिम्मेवार छैनन् चिकित्सक

अ+ अ-

चितवन । भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।

अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन् । रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइरहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन् ।

पटक पटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन् ।

अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ । अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९:१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै थिइन् । नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आएकी ३२ वर्षीया रुपा साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा थिइन्।

गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि आएकी उनीले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आउनुहुन्छ भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो । अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आउनुहुन्छ’ भन्दै थिए । बिरामी भएर उपचारका लागि अस्पताल आएकी उनलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो । चिकित्सक कतिखेर आउने भन्ने अन्योल थियो ।

सोही क्रममा काउन्टरमा रहेका कर्मचारीले भने ‘रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो । चिकित्सक कतिखेर आउनुहुन्छ थाहा हुँदैन । यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ ।’ उक्त समयमा क–कसको ‘ड्युटी’ हो भन्ने जिज्ञासा भने ती कर्मचारीले खुलाउन चाहेनन् । रुपा एउटी प्रतिनिधि पात्रै मात्रै हुन् । अस्पतालमा रातका समयमा आउने सबैको समस्या उनीको जस्तै छ ।

अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन् । उनीलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ । रातका समयमा ड्युटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन् । कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआई प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हुँदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिन्छन्। आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उनको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताउँछन् । अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एक साता अघिदेखि काठमाडौँ रहेका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उनीसमेत फर्किसकेका छन्। अस्पतालका एक कर्मचारीले भने ‘अस्पताल मियो बिनाको दाइँ जस्तो भयो ।’

अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेन्डेन्टका कारण अस्पतालमा काम हुन सकेको छैन । स्थिर प्रशासक नहुँदा समस्या भएको उनी बताउँछन् । यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ । सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नभएसम्म गति लिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन् । यो अस्पताल काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ ।

यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस