२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा उपभोक्ता संरक्षण विभागको छापा

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्तरूपमा छापा मारेको हो ।

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चक्लेट, सोयाविन एवं बिस्कुुटलगायतका करिब एक दर्जनजति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार लेबल गर्नेसहित दुई वटा भण्डारणस्थल (गोदाम) सिलबन्दी गरेर थप अनुसन्धानका लागि पुनःलेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद गरिएको छ ।

सो कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अगद नेपाल भेन्चरका सञ्चालक प्रभाव देव फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभागले काठमाडौँको सानो भर्‍याङस्थित समिट कमर्सियल प्रालीले कस्मेटिक तथा सवारीसाधन सफा गर्ने प्रयोग वस्तुमा नयाँ मिति राख्ने गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरी सञ्चालकसहित तीन जनालाई प्रक्राउ गरिएको थियो । पक्राउ परेका तीन जनालाई जनही रु १५/१५ लाख धरौटीमा रिहा गरिएको छ ।