पोखरा । कास्कीमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना सङ्क्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले भाद्र १८ गते राति १२ बजेसम्म थप गरेको हो ।
यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिँदै प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जनाएका छन् ।
यसअघि कास्कीमा कोरोना सङ्क्रमण वृद्धि भएपछि जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेकोमा पुनः जारी निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारीहरूमा जोरबिजोर प्रणाली कायम राखिएको छ ।
