९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दै आएको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताए । देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले जोड दिए।

उनले कांगे्रसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उनले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधानमा महाधिवेशन भएको तीन वर्षसम्म साधारण र क्रियाशील सदस्य बनाउन पाइने तर चौथो वर्षमा नपाइने व्यवस्था कार्यान्वयन नहुँदा २१ जिल्लामा सदस्यता विवाद आएको बताए । देशमा संविधानको शासनका लागि लडेको काग्रेसले पार्टीमा विधिको शासन स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन कांग्रेसले कसैको बुइ चढेर नभई एकलरूपमा लडेर बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

पार्टी केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसमा जाति, धर्म, क्षेत्रको कुरा अतिवाद हुने भएकाले यस्ता विषयभन्दा उठेर बहस गर्न नेता, कार्यकर्तालाई आह्वान गरे। सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगका विषयमा पार्टीको तल्लो तहसम्म बहस चलाइनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस