८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई झुक्याएर अदालतबाट भागेका थुनुवा पक्राउ

पक्राउ
अ+ अ-

काभ्रेपलाञ्चोक । दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार लुकीछिपी भक्तपुर बसेका वाइवालाई मदिरा खरिद गर्ने भनी ठगी गरिरहेको अवस्थामा थिमि प्रहरीले पक्राउ गरेको हो ।

साथी मनिष श्रेष्ठलाई फोन गरेपछि श्रेष्ठको फोन ‘ट्रयाकिङ’ गरी वाइवालाई पक्रन प्रहरी सफल भएको थियो । वाइवालाई पक्राउ गर्न सीमानाका तथा उनका आफन्त रहेको २ नं प्रदेशस्थित घरमा समेत निगरानी बढाइएको प्रहरीले जनायो । वाइवालाई थिमि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातमा मुद्दा चलाएको छ ।

उक्त मुद्दा किनारा लागेलगत्तै थिमि प्रहरीले काभ्रेपलाञ्चोक प्रहरीलाई बुझाएपछि मात्रै थप कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आजै सनाखतका लागि काभ्रेपलाञ्चोक कारागार ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस