२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब हुलाकले राहदानी वितरण गर्ने

अ+ अ-

काठमाडौँ । परम्परागत रूपमा चिठी पत्र बोक्ने परिचय भएको हुलाक सेवाले आफ्नो पहिचानलाई नयाँ शैलीमा स्थापित गर्ने भएको छ। हुलाकले विदेशमा झैँ सरकारी दस्ताबेजहरू खासगरी राहदानी विभागबाट जारी राहदानीहरू तोकिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गर्ने कामको सुरुवात गर्ने भएको हो।

हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्ण र राहदानी विभागको तर्फबाट महानिर्देशक डोर प्रसाद अर्यालले बुधवार एक समारोहका बिच समझदारी पत्रमा हस्ताक्षर गरेसँगै जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयबाटै राहदानी बुझ्न सक्नेछन् । सम्झौता २०७८ साल असोज १ बाट लागु हुनेछ।

प्रारम्भिक चरणमा विभागले राहदानी विभागबाट जारी राहदानी पुलिन्दाहरू पूर्व-पश्चिम लोकमार्गमा रहेका हुलाक कार्यालयहरूसम्म ओसार पसार गर्ने छ । उक्त हुलाक कार्यालय रहेको जिल्ला प्रशासन कार्यालयले सो राहदानी पुलिन्दाहरू तत्तत् हुलाक कार्यालयबाट बुझिलिने छन्। त्यस्ता राहदानी पुलिन्दामा राहदानी विभाग र हुलाक सेवा विभागले तोकेका सो आसपासका जिल्लाहरूको राहदानीसमेत पठाइने व्यवस्था मिलाइने विभागकी महानिर्देशक कर्णले बताइन् ।

उनका अनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयहरूले प्रतिनिधि खटाइ पूर्व पश्चिम लोक मार्गमा अवस्थित हुलाक कार्यालय रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आफ्नो राहदानी पुलिन्दा बुझिलिने व्यवस्था मिलाउने छन्।

आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यको बुँदा नं. ३८१ ले ‘हुलाक सेवाको पुनर्संरचना गरी आधुनिक र व्यावसायिक बनाइने उल्लेख गर्नुको साथै नागरिकता, राहदानी लगायतका महत्त्वपूर्ण दस्ताबेज हुलाक सेवा मार्फत सुरक्षित र छरितो रूपमा नागरिकको घरदैलोसम्म पुर्‍याइने छ’ भन्ने व्यवस्था उल्लेख गरेको छ।

हाल गोश्वारा हुलाक कार्यालयले दैनिक जसो चितवन हुलाक कार्यालयमा आफ्नो सवारीबाट हुलाक वस्तु ओसार पसार गर्ने गर्दछ। चितवन हुलाकबाट सोहिरुपमा पश्चिममा कञ्चनपुर र पूर्वमा झापाको बिर्तामोडसम्म हुलाकको आफ्नो सवारी साधनबाट डाँक ढुवानीको व्यवस्था मिलाइएको छ। राहदानीको विशेष सुरक्षाको लागि सवारी साधनमा सेप्टी भल्टको व्यवस्था मिलाइएको छ। सम्बन्धित गन्तव्यमा पुगेको यकिन गर्न गन्तव्य हुलाक कार्यालयको थप क्षमता समेत विस्तार गरी पोष्टल इन्टरनल ट्र्याकिङ सिस्टमबाट ट्र्याकिङ्ग गर्ने व्यवस्थाको सुनिश्चितता गर्ने हुलाक सेवा विभागले जनाएको छ।

हुलाक सेवा विभागको इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरू सहितको करिब चार हजार हुलाक कार्यालयको देशव्यापी सङ्गठन संरचना र सञ्जाल रहेको छ । निजामती तर्फका करिब ६ हजार दुई सयसहित झन्डै १६ हजार जनशक्ति कार्यरत रहेको हुलाक, आधुनिक वितरण प्रणालीको एउटा बलियो सञ्जाल हुन सक्ने विभागले जनाएको छ ।

समयानुकूल डाँक ढुवानी वितरणको व्यवस्था, आधुनिक प्राविधिक सिप सहितको दक्ष जनशक्ति विकास, हुलाक कार्यालयहरूको आधुनिकीकरण सँगै व्यावसायिक काममा संलग्न हुने तत्परता सहित नेपालको हुलाक सेवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युतीय व्यापार गर्ने आधार समेत तयार गर्नु पर्ने देखिएको पनि विभागको भनाई छ । परिवर्तित विश्व परिवेशमा हुलाकले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै जानुको विकल्प छैन।

हुलाकको सेवा क्षेत्र विस्तार र सेवा विविधीकरण गर्न राहदानी वितरणको सुरुवातले कोशेढुङ्गाको रूपमा काम गर्ने विश्वास लिएको बताउँदै विभागकी महानिर्देशक कर्णले हुलाकको आफ्नो संस्थागत क्षमता विकास गरी भविष्यमा राहदानी, नागरिकता जस्ता महत्त्वपूर्ण सरकारी दस्ताबेज नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्य लिइएको बताएकी छिन् ।