२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन्।

संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भएको छ । नेपाली जनताको कठिन सङ्घर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको थियो । उनले सन्देशमा भनेका छन्, ‘यस विशेष दिनमा जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न कालखण्डमा भएका सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ उनले घाइते, अपाङ्ग एवं बेपत्ता पारिएका योद्धाको बलिदानी भावको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् ।

संविधान नेपाल आमाका महान् छोराछोरीको अदम्य साहस र बलिदानको प्रतिफल भएको उल्लेख गर्दै सभामुखले यस महत्त्वपूर्ण दिनमा संविधान निर्माण प्रक्रियामा सामेल भएका सबैको स्मरण गर्दै सम्मान व्यक्त गरेका छन् । वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन् । संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ ।

संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणा हुन् । अन्त्यमा, लोकतान्त्रिक संस्थालाई क्रियाशील हुने वातावरण निर्माण गरी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध बन्न सभामुखले आग्रह गरेका छन् छ । सभामुखले संविधानलाई इमान र निष्ठापूर्वक पालना गर्दै कार्यान्वयन गर्न हामी सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छन् ।