२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको राजधानी दिल्लीमा आकाशे पुलमुनि अड्कियो जहाज ,भिडिओ बन्यो भाइरल

अ+ अ-

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक आकाशे पुलमुनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमुनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्विटरमा राखेका थिए ।

उक्त भिडिओ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ। जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर पुलमुनि अड्किएको छ। जहाजमा पखेटा भने छैनन्। रातिको समयमा लिइएको भिडिओमा सडकमा गाडीहरू गुडिरहेको देखिन्छ।

भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाएका छन्।

‘उक्त जहाज कवाडीमा बेचिएको हो। किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन्। जहाजलाई के भयो भन्नेबारे एयर इन्डियाको कुनै सम्बन्ध छैन,’ एयर इन्डियाको विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उक्त जहाज लिनेले पहिला नै कसरी लैजाने भन्ने योजना बनाउनु पर्ने बताएका छन्। कतिपयले यसलाई मजाकको विषय पनि बनाएका छन्।