२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार राति ९: ४५ बजे सुरु हुनेछ।

माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरुवाती दुई खेल खेलिसकेका छन्।

नेपालले खेलेका दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

दोस्रो खेलमा नेपालले श्रीलङ्कामाथि ३-२ को जित हात पार्‍यो। नेपाल ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ।

यता भारतले भने सुरुवाती दुई खेलमा जित निकाल्न सकेको छैन। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बङ्गलादेशले भारतलाई १(१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलङ्काले गोलरहित बराबरीमा रोक्न सफल भयो।

२ अङ्क जोडेको भारत अङ्क तालिकाको चौथो स्थानमा छ।

भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनल पुग्नेछ। नेपालविरुद्ध हारेको अवस्थामा भने भारतको फाइनल यात्रा कठिन बन्न सक्छ।

भारत साफको सात पटकको च्याम्पियन भएकाले भारतविरुद्ध खेल्न कठिन हुने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। तर उनले भारतविरुद्ध उत्कृष्ट खेल्ने अपेक्षा राखेको बताएका छन्।

नेपाल र भारतबीच गत महिना दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो।

नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।