रक्षामन्त्री रिजाल जङ्गी अड्डामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रक्षामन्त्री रिजाल जङ्गी अड्डामा


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ । रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल आइतबार जङ्गी अड्डा पुगेका छन् । 

रक्षा मन्त्री रिजालले निरीक्षणका क्रममा राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरूको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

त्यसअघि रक्षा मन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए । साथै नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस