१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा कोरोना सङ्क्रमण शून्य

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ सङ्क्रमणमुक्त भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ । केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिकरुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस