१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामलिङ पावरको आईपीओ बाँडफाँड, २१ लाखभन्दा बढी आवेदकको हात खाली

अ+ अ-

काठमाडौँ । सामलिङ पावर कम्पनीको धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज (मंगलबार) बिहान आईपीओ बाँडफाँड गरेको हो ।

यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको सार्वजनिक निष्कासनमा २१ लाख ९८ हजार ७६४ आवेदकले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता सेयर माग गरेका थिए । कुल आवेदकमध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको छ भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।

स्वीकृत आवेदकमध्ये धितो पत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार ६७ हजार ८९० जनालाई गोला प्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड भएको छ ।

बाँकी रहेका २१ लाख २० हजार ८८८ आवेदकले भने सेयर नपाएको बिक्री प्रबन्ध नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस