२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहतका पर्खाइमा बाँकेका किसान

अ+ अ-

राँझा । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाइदिएका छन् ।

पानीले डुबाएर धानसँगै परालसमेत गाईबस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारी दिए ।

उनका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् ।

बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निराश हुँदै गएका छन् ।

गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठुलो क्षति पुर्‍याएको थियो ।

किसानको वर्षभरि खाने धानबाली नष्ट हुँदा सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिका लागि अहिलेसम्म खासै केही गर्न नसकेको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिए ।

सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रिया अघि बढाएको सुनिए पनि अहिलेसम्म पीडित किसानले केही नपाएको उनको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लामा २० हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार पीडित किसानलाई राहतका लागि अहिलेसम्म कागजात मिलाउने काम भइरहेको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । यो तथ्याङ्क हेर्दा आधा बढी धानबालीमा क्षति पुगेको छ । यो क्षति रु एक अर्ब ९७ करोड बराबर हुन्छ ।

यस वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो । धानबालीमा आत्मनिर्भर रहेका जिल्लामा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठुलो नोक्सानी पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्रले धानको क्षति यकिन गरे पनि परालको क्षति सङ्कलन नै गरेको छैन ।