२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सारथी एजेन्सीद्वारा संस्थागत अभिकर्तालाई सुविधा प्रदान

अ+ अ-

काठमाडौँ । संस्थागत अभिकर्तालाई सुविधा प्रदान गर्न र अभिकर्ताको काम गर्नका लागि बिमा समितिमा विल्कुलै नयाँ योजनाकासाथ ‘सारथि एजेन्सी प्रा.लि.’ हामी सामु आएको छ ।

कम्पनीले मङ्सिर ३ गते संस्थागत अभिकर्ताको काम गर्नका लागि यो संस्था समितिमा दर्ता गरेको थियो ।

कम्पनीको अध्यक्षमा उषा दाहाल रहेकी छिन् भने सदस्यमा शङ्कर बहादुर घिमिरे, विष्णु प्रसाद सुवेदी, आयुष गौतम रहेका छन् । केही समयमै औपचारिक रूपमा व्यावसायिक उद्घाटन गर्ने यस कम्पनीको योजना रहेको छ ।

यस समूहले २०७५ सालमै संस्थागत अभिकर्ताको काम गर्नका लागि बिमा समितिमा निवेदन दिएको थियो । त्यति बेला सारथि पोलिसी बजार प्रालिको नाममा संस्थागत अभिकर्ताको लाइसेन्सका लागि आवेदन दिएको थियो । तर बिमा समितिले उक्त कम्पनीलाई लाइसेन्स दिएन ।

समितिले पोलिसी बजार नाम प्रति आपत्ति जनाउँदै उक्त नाम राख्न नदिए पछि यस समूहले केही पनि काम अगाडी बढाउन सकेन । बिमा समितिले केही समय अगाडी संस्थागत अभिकर्ताको सम्बन्धी निर्देशिका जारी गरे सँगै संस्थागत अभिकर्ताको काम गर्नेहरूलाई सहज भएको हो ।

यस कम्पनीले मेरो बिमा नामक अनलाइन पोर्टल मार्फत संस्थागत अभिकर्ताको सेवा सुविधा प्रदान गर्ने भएको छ । कम्पनीका पदाधिकारीले नेपाल लाइफबाट अभिकर्ताको तालिम लिएर अभिरकर्ताको लाइसेन्स लिएको छ । संस्थागत अभिकर्ताको लाइसेन्स लिनका लागि कुनै एक बिमा कम्पनीमा अभिकर्ताको लाइसेन्स लिनु पर्छ ।

यदि धेरै वटा जीवन बिमा कम्पनीको पोलिसी बिक्री गर्ने भएमा ती सबै कम्पनीबाट अभिकर्ताको तालिम लिनु पर्ने हुन्छ । यस समूहले डिजिटल एग्रिगेटरको काम गर्ने योजना बनाएको छ । तर यस सम्बन्धमा बिमा समितिले कुनै पनि कानुनी व्यवस्था जारी गरेको छैन ।

यसमा एउटा यस्तो सिस्टमको निर्माण गरिन्छ जसले सम्पूर्ण कम्पनीको एपिआइ मार्फत सबै कम्पनीको पोलिसीहरु तुलना गर्न मिल्ने र त्याँहीबाट पोलिसी खरिद गर्ने सकिने व्यवस्था हुन्छ । तर नेपालको हकमा यस सम्बन्धी कानुन नभएकाले यो योजनामा मात्रै सीमित हुनेछ । यदि बिमा समितिले यस सम्बन्धी कानुनी व्यवस्था गर्‍यो भने यस समूहले आवश्यक कार्य अगाडी बढाउने छ ।