१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा बढुवा भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो। भट्टराईले सेवामा प्रवेश गर्दा तथा विभिन्न पदमा बढुवा हुन प्रयोग गरेको शैक्षिक प्रमाणपत्रको आधिकारिकतामाथि प्रश्न उठेपछि अनुसन्धान अघि बढाइएको थियो।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। उक्त प्रमाणपत्रका आधारमा उनले विभिन्न समयमा विभागका उच्च पदमा बढुवा पाएको अनुसन्धानबाट देखिएको आयोगको दाबी छ।

आयोगका अनुसार भट्टराईले २०५४ वैशाख ८ गते उक्त प्रमाणपत्र राष्ट्रिय अनुसन्धान विभागमा पेस गरेका थिए। सोही शैक्षिक योग्यतालाई आधार बनाएर उनी २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।

अनुसन्धानका क्रममा प्रमाणपत्र जारी गर्ने सम्बन्धित निकायसँग विवरण माग गर्दा प्राप्त प्रमाणीकरण प्रतिवेदनमा भट्टराईको नाम र कुल प्राप्तांक अभिलेखसँग मेल नखाएको पाइएको आयोगले जनाएको छ।

अख्तियारले नक्कली तथा झुटा शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न पदमा बढुवा भई पद, ओहदा तथा सेवा सुविधा प्राप्त गरेको भन्दै भट्टराईको कार्य भ्रष्टाचारजन्य कसुर भएको निष्कर्ष निकालेको छ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर कायम गरेको छ।

त्यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

0 Comments